निर्मला र सन्नीका परिवारलाई १० लाख राहत दिने सरकारको घोषणा

 भदौ ९, २०७५ आइतबार ५:१४:४९ | उज्यालो सहकर्मी

काठमाडौं - सरकारले  कञ्चनपुरकी बालिका निर्मला पन्तको परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ । शनिबार बेलुकी बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले हत्या भएकी कंचनपुर भीमदत्त नगरपालिका वडानम्बर २ कि निर्मला पन्तको परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । 

यसैगरी सरकारले शुक्रबार भएको प्रदर्शनमा प्रहरीको गोली लागेर ज्यान गुमाएका सन्नी खुनाका परिवारलाई पनि १० लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । घटनाको निन्दा एवं भत्र्सना गर्दै सरकारले त्यही घटनालाई लिएर भएको प्रदर्शनका क्रममा घाईते भएकाको निःशुल्क उपचार व्यवस्था मिलाउनुको साथै अंगभंग भएकालाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको सूचना तथा संञ्चार मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो ।

यस्तै कञ्चनपुरमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा शनिबार बसेको सर्वपक्षीय बैठकले गरेका निर्णयहरुलाई सरकारले सकारात्मक रुपमा लिने निर्णय पनि गरको छ ।

घटना लगत्तै गृहमन्त्रालयबाट गठन गरिएको उच्चस्तरीय छानबिन समितिलाई छिटो भन्दा छिटो घटनाको सत्य तथ्य पत्ता लगाई दोषीउपर कडा कारवाहीको सिफारिस गर्न र यसरी सिफारिस गर्दा समिति गठन भईसकेपछि भएका घटनालाई समेत समावेश गर्ने अधिकार दिईएको छ ।

घटनाको अवधीमा जिल्लामा रहेका प्रहरी उपरीक्षक डिल्लिराज विष्टलाई निलम्बन गरि छानबिनको दायरामा ल्याईएको र प्रहरी नायव उपरीक्षक र मुद्धा शाखाका प्रहरी निरीक्षकलाई पनि जिम्मेवारीबाट हटाइ फिर्ता बोलाइएको जानकारी सरकारका प्रवक्ता बास्कोटाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया