च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
अभिनेता सुशान्त सिंह राजपुत र अभिनेत्री कृति सेननबीच ब्रेकअप भएको खबर अहिले चर्चाको विषय बनेको छ ।
अभिनेत्री अंकिता लोखण्डेसँग लामो समयसम्म सम्बन्धमा रहेका सुशान्तले पछि अंकितालाई छोडेर कृतिसँग डेट गर्न सुरु गरेका थिए । तर अहिले कृतिसँगको सम्बन्ध पनि टुटेको छ ।
सुशान्तको यस पटकको ब्रेकअपको हुनुको कारण पनि त्यही पुरानै छ ।
सुशान्त र अंकिता टेलिभिजनको चर्चित शो पवित्र रिश्तामा एकसाथ काम गरेका थिए । यही शोका क्रममा सुशान्त र अंकिता नजिक भएका थिए । लामो समयसम्म एकसाथ काम गरेपछि सुशान्तले टेलिभिजन छोडेर बलिउड फिल्ममा करियर सुरु गरेका थिए ।
बलिउडमा फिल्म ‘काई पो चे’बाट डेब्यू गरेका सुशान्त त्यसपछि अंकितासँग टाढा भएका थिए । फिल्ममा काम गर्न थालेपछि सुशान्तले अंकितालाई समय दिन छोडेका थिए ।
एक पछि अर्को फिल्ममा काम गर्दै गएपछि सुशाान्तले अंकितासँग ब्रेकअप गरेका थिए । ब्रेकअपपछि अंकिताको हालत निकै खराब भएको थियो । यस हालतबाट बाहिर निस्कन उनलाई लामो समय लागेको थियो ।
अंकिता ब्रेकअप पछि बाहिरी दुनियाँ तथा अभिनय छोडेर एक्ली भएकी थिइन् । यता सुशान्त भने अभिनेत्री कृति सेननसँग डेट गर्न सुरु गरेका थिए । सुशान्त र कृतिले फिल्म ‘राब्ता’मा एकसाथ काम गरेका थिए ।
यही फिल्मका क्रममा यी दुइबीचको सम्बन्ध गहिरिएको थियो । तर अहिले फेरि सुशान्त र कृति पनि छुट्टिएको खबरहरु सार्वजनिक भएका छन् । यो सम्बन्ध टुट्नु पनि सुशान्तको पुरानै बानीका कारण हो ।
सुशान्त यतिबेला उनको फिल्म ‘किजी और मैनी’को छायाँकंनका क्रममा जमशेदपुरमा छन् भने कृति फिल्म ‘हाउसफुल ४’ का लागि लण्डनमा छिन् ।
सुशान्तले कृतिलाई समय दिनुको साटो आफ्नो फिल्मकी सहअभिनेत्रीका साथ समय बिताइरहेका छन् ।
उनको यही आवश्यकताभन्दा बढी नजिक हुने बानीका कारण उनीसँग काम गरिरहेकी अभिनेत्रीले निर्मातालाई भनेर फिल्मको छायाँकंन पनि रोकिएका खबर केही दिन अगाडि आएका थिए ।
केही समय अघि आएका खबरहरुका अनुसार सुशान्त राजपुतको जोडीको रुपमा अभिनेत्री श्रद्धा कपूरलाई साइन गरिएको थियो ।
श्रद्धालाई साइन गरेपछि यो कुरा कृतिलाई चित्त बुझेको थिएन । कृतिले श्रद्धालाई किन साइन गरिएको भन्दै निर्माता निर्देशकसामु आपत्ति जनाएकी थिइन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।