अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाडौं – उर्जामन्त्री वर्षामान पुनले आइतबारदेखि विद्यतीय गाडी प्रयोग गर्नुभएको छ ।
यसअघि टोयोटाको महँगो डिजल गाडी प्रयोग गर्दै आएका पुनले आइतबारदेखि भने वी वाइ डी ब्राण्डको बा २ झ ८९०३ नम्बरको विद्यतीय गाडी प्रयोग गर्न थाल्नुभएको हो । केही समय अघि जारी गरेको स्वेतपत्रमा समेत उहाँले विद्युतीय सवारी साधनहरुको उपयोग वृद्धि र यसको उपयोगलाई प्रोत्साहन गर्ने उल्लेख गर्नुभएको थियो ।
योजना अनुसार नै नेपाल विद्युत प्राधिकरणले ५५ लाख रुपैयाँ भन्दा धेरै मूल्यको गाडी उर्जामन्त्री पुनलाई उपलब्ध गराइएको हो । प्राधिकरणले देश अब विद्युतमा आत्मनिर्भर हुन थालेकोले विद्युतीय गाडीको प्रयोग बढाउनुपर्ने बताउँदै आएको छ ।
प्राधिकरणले विभिन्न ठाउँमा विद्युतीय गाडीको लागि चार्जिङ स्टेशन बनाउने योजना पनि बनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।