खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ – वैदेशिक रोजगारीबाट फर्किएर होटल क्वरेण्टीनमा बस्न नसक्ने श्रमिकलाई सरकारले आवश्यक सहयोग उपलब्ध गराउने भएको छ ।
हिजो बुधबार बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन निर्देशन समितिको बैठकले वैदेशिक रोजगारीमा गएर नेपाल फर्कन चाहेका तर विभिन्न कारणले होटल क्वरेण्टीनमा बस्न नसक्नेहरूका लागि आवश्यक सहयोग उपलब्ध गराउने निर्णय गरेको स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
समितिको बैठकले १५ दिन होटल क्वरेण्टीनमा बस्नुपर्नेहरुका लागि १० दिनसम्मको खर्च सरकारले व्यहोर्ने निर्णय गरेको हो । सरकारले खाडीका देश र मलेसियाबाट श्रम गरी फर्कने नेपालीका लागि ५ दिन होटल क्वरेण्टीन अनिवार्य गरेको छ ।
यस्तै मलेसिया, जापानलगायत देशहरूसँग हवाई सेवा खुकुलो बनाउने निर्णय पनि भएको स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले जानकारी दिनुभयो । समितिको बैठकले नेपाली श्रमिक धेरै रहेका साउदी अरेबिया, यूएई, जापान र मलेसियालगायत देशहरूमा हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको मन्त्री तामाङले बताउनुभयो । जेठ १८ गतेदेखि श्रम गन्तव्य देश कतार, टर्की र चीनबाट सरकारले सातामा एक उडान सञ्चालन गरिरहेको छ ।
यी देशहरूबाट हप्तामा दुई हजार जना यात्रुभन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुने मन्त्री तामाङले जानकारी दिनुभयो । करार सकिएका,भिसाको अवधि सकिएका र अन्य अत्यावश्यक कामले घर फर्कने तयारीमा रहेकाहरू टिकट काटेर पनि फर्कन्न पाएका छैनन् ।
तोकिएको समयमा घर फर्कन नपाउँदा कतिपय श्रमिक गन्तव्य देशमा नै जरिबानामा पर्ने अवस्था सृजना भइसकेको छ । तर सरकारको यो निर्णयले समस्यामा परेका श्रमिकलाई राहत पुग्ने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Nem Raj
June 18, 2021, 11:05 a.m.जहाज भाडामा पनि सहुलियत दियियोस, सामान्य अवस्था मा लाग्ने शुल्क मात्र स्रमिकहरुले दिने र बाकी लाग्ने खर्च सरकारले बेहोर्नु पर्दछ । नागरिकहरुले श्रम गर्नुको अर्थ यस्तै बिपत्तीको बेलामा सहयो र उद्दार गर्नको निम्ति हो ।
Indra prasad shrestha
June 18, 2021, 3:51 a.m.good to see this new because I'm coming soon in Nepal from qatar and most important since 2 months without work with out Money I'm serving here very badly i just littrely getting smile because of the government paying for quarantine money hopefully i wish i get this thanks for nepal government
Sanam rai
June 17, 2021, 7:01 p.m.के खोपको दुवै डोज लगाइसकेपछि पनि क्वारेन्टिन अनिवार्य हो र ??
Ajay gupta
June 17, 2021, 2:42 p.m.नमस्कार ! म मलेसियावाट ....सरकारसंग म अनुरोध गर्छु कि फ्लाइट छिटो भन्दा छिटो खुलाइदिनु, किनभने म एकमहिना देखि कोठामा बसेको छु , न काम छ , न त पैसा नै ...के गरुं ..त्यसैले छिटो भन्दा छिटो फ्लाइट खुलाउनु पर्यो /
Sudeep parajuli
June 17, 2021, 11:31 a.m.15 days hotel quarantine?? But the government has announced for 10 days hotel quarantine. There are no any latest news for 15 days hotel quarantine...