खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – पहिलो विश्व टेस्ट च्याम्पियनसिप क्रिकेटको उपाधि न्युजिल्याण्डले जितेको छ । भारतलाई आठ विकेटले हराउँदै न्युजिल्याण्ड पहिलो संस्करणको च्याम्पियनसिपको उपाधि जित्न सफल भएकाे हाे ।
इङ्ल्याण्डको साउथ ह्याम्प्टनमा भारतले दिएको एक सय ३९ रनको लक्ष्य न्युजिल्याण्डले दुई विकेट गुमाएर भेटायो । उसका लागि केन विलियम्सनले नटआउट ५२ र रोस टेलरले ४७ रन बनाए । यसअघि दोस्रो पालीमा भारत एक सय ७० रनमा अलआउट भएपछि न्युजिल्याण्डले सजिलो लक्ष्य पाएको थियो ।
भारतलाई थोरै रनमा अलआउट गर्न न्युजिल्याण्डका टिम साउथीले चार विकेट लिए । पहिलो पालीमा भारतले दुई सय १७ र न्युजिल्याण्डले दुई सय ४९ रन बनाएका थिए । पटक पटक पानी परेपछि हिजो रिजर्भ डे को रुपमा छैठौँ दिनको खेल भएको थियो । विश्व विजेता न्युजिल्याण्डले १६ मिलियन अमेरिकी डलर अर्थात झण्डै १८ करोड रुपैयाँ बराबरको पुरस्कार पाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।