अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीका पूर्व लडाकू लेनिन विष्टलाई विदेश जाने क्रममा विमानस्थलबाटै फर्काइएको बारेमा गृह मन्त्रालयलाई लिखित स्पष्टिकरण सोध्नुभएको छ ।
एक कार्यक्रममा वक्ताका रुपमा सहभागी हुन थाइल्याण्ड जाने क्रममा बिष्टलाई त्रिभुवन विमानस्थलबाट अध्यागमन विभागले रोकेको थियो ।
बिष्टलाई रोक्नुको कारण २४ घण्टाभित्र लिखित रुपमा पेश गर्न प्रधानमन्त्रीले गृह मन्त्रालयलाई निर्देशन दिएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
गैरकानुनी रुपमा व्यक्तिका कुनै पनि अधिकार र स्वतन्त्रता हनन हुन नहुनेमा आफू दृढ रहेकाले त्यस्तो कुनै कमीकमजोरी गृह मन्त्रालयबाट भए नभएकोबारे यथार्थ बुझ्न आफूले लिखित स्पष्टिकरण सोधेको प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै संयोजक अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो ।
अध्यागमन विभागले अनुमति नलिइकन विदेशमा हुने कार्यक्रममा सहभागी हुन लागेकाले बिष्टलाई रोक्नुपरेको जिकीर गरे पनि यसले नागरिकको स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने अधिकार उल्लंघन भएको भन्दै चौतर्फी आलोचना भएपछि प्रधानमन्त्रीले गृह मन्त्रालयलाई स्पष्टिकरण सोध्नुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।