अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नेतृत्व लिएको स्थानीय तहका जनप्रतिनिधिहरुले नागरिकलाई सास्ती दिने गरी कर नलिएको स्पष्टिकरण दिएका छन् ।
नेपाली कांग्रेसले सोमबार काठमाडौंका आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी भएका स्थानीय तहका जनप्रतिनिधिहरुले नागरिकलाई सेवा दिने तर सास्ती नदिने नीतिका साथ कर उठाउने काम सुरु गरिएको स्पष्टिकरण दिएका हुन् ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहलाई न्यून बजेटको व्यवस्था गरिएको भन्दै सरकारको चर्को आलोचना पनि गर्नुभयो । उहाँले नागरिकलाई मारमा पार्ने गरी कर नलिएको पनि स्पष्ट पार्नुभयो ।
मेयर महर्जनले स्थानीय घरभाडा कर स्थानीय तहले लिने व्यवस्था भए पनि सरकारले गएको वर्षको साउनदेखिको घरभाडा कर स्थानीय तहलाई हस्तान्तरण नगरेको गुनासो गर्नुभयो ।
काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले नागरिकलाई दुःख दिने गरी कर लिने काम काठमाडौं महानगरपालिकाले नगरेको बताउनुभयो । उहाँले नागरिकलाई सेवा दिएर कर लिने व्यवस्था गर्न आफूहरु केन्द्रीत रहेको स्पष्ट पार्नुभयो ।
कांग्रेसबाट निर्वाचित वालिङ नगरपालिकाकी उपमेयर कल्पना तिवारीले नागरिकलाई सास्ती हुने गरी कर नलिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले नागरिकलाई सेवा, सुविधा दिएर कर लिने नीति आफ्नो नगरपालिकाले लिएको पनि पार्टी नेतृत्वलाई जानकारी गराउनुभयो ।
कांग्रेसबाट निर्वाचित रामग्राम नगरपालिकाका मेयर नरेन्द्रकुमार गुप्ताले स्थानीय सरकार संचालन ऐन अनुसार कर लिइएको दावी गर्नुभयो । उहाँले नागरिकले दिएको सुझावको आधारमा कर सम्बन्धी कार्यविधिलाई परिमार्जन गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रशिक्षण कार्यक्रममा कांग्रेस नेताहरुले नागरिकलाई सास्ती दिने गरी कर नलिन पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई सचेत गराउनु भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।