च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – लगातार तेस्रो दिन मङ्गलवार (आज) पनि शेयर बजार काराेबार मापक नेप्से घटेको छ । नेप्से पाँच दशमलव २४ अङ्कले घटेर दुई हजार आठ सय १८ दशमलव १० विन्दुमा झरेको छ ।
आज बैंकिङ, बीमा, उत्पादन र माइक्रोफाइनान्स समूहको शेयर सामान्य बढेको छ । तर विकास बैंक, व्यापार, होटल, जलविद्युत्, फाइनान्स, अन्य, म्युचल फन्ड र लगानी समूहको शेयर घटेको छ ।
हिजो जस्तै कारोबार रकम आज पनि साढे चार अर्ब रुपैयाँ हाराहारीमै सीमित भएको छ । दुई सय २० कम्पनीका एक करोड एक लाख कित्ता शेयर चार अर्ब २२ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ३५ करोड ९० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
आज एचआईडीसीएल र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि राष्ट्रिय बीमा कम्पनीको शेयर साढे आठ प्रतिशतले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।