वित्तीय साक्षरता कार्यक्रमका लागि आइएमई पे र मिडिया इन्टरनेशनलबीच सम्झौता

 असार २४, २०७८ बिहीबार ९:२७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -  वित्तीय साक्षरता कार्यक्रमका लागि आइएमई पे र मिडिया इन्टरनेशनलबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार मिडिया इन्टरनेशनलको आयोजनामा देशका सबै जिल्लामा सञ्चालन हुने फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी कार्यक्रमको मुख्य प्रायोजक आइएमई पे हुनेछ । सम्झौता पत्रमा आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा र मिडिया इन्टरनेशनलका प्रबन्ध निर्देशक माधव निर्दोषले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले यो कार्यक्रम देशका सबै क्षेत्रमा वित्तीय साक्षरता पुर्याउन सफल हुने विश्वास व्यक्त गर्नुभयो भने प्रबन्ध निर्देशक माधव निर्दोषले आइएमईसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताउनुभयो । आइएमई ग्रुपमा प्रवक्ता राजु पौडेलले नेपाल सरकारले अघि सारेको ‘डिजिटल नेपाल’ अभियानलाई सहयोग पुगोस् भन्ने उद्देश्यका साथ कार्यक्रममा सहभागी भएको बताउनुभयो । 

भर्चुअल माध्यमबाट सञ्चालन हुने यस्ता कार्यक्रममा प्रशिक्षण प्रदान गर्नका लागि आइएमईले तालिम तथा प्रशिक्षण विभागका प्रमुख माधव कटुवाललाई जिम्मेवारी दिएको छ । 
 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया