अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रेस र न्यायपालिकामाथि नियन्त्रण गरेर शासन चलाउने प्रयास नगर्न सरकारलाई चेतावनी दिएको छ ।
मंगलबार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले प्रेस स्वतन्त्रता र स्वतन्त्र न्यायपालिका बिना हुकुमी शासन चलाउने कल्पना नगर्न सरकारलाई सचेत गराउनुभएको हो । कानुनको शासनबाट मुलुक चलाउनका लागि स्वतन्त्र प्रेस र स्वतन्त्र न्यायापालिका हुनु जरुरी रहेको भन्दै उहाँले हुकर्मी शैलीमा मुलुकको शासन प्रणाली संचालन हुन नसक्ने चेतावनी दिनुभयो ।
उहाँले ७ सय ६१ वटा सरकारलाई हुकुमी शासनको शैली र तजबीजको आधारमा चलाउन खोजिए संघीयता नै असफल हुने दाबी गर्नुभयो । उहाँले कानुनको सही पालना गरी कानुनका आधारमा अघि बढ्न पनि उहाँले सरकारलाई सचेत गराउनुभयो ।
हालै सामाजिक सञ्जालमा प्रधानमन्त्रीको अनुहारलाई विरुप बनाएर केही टाँसेर छापिएको र त्यसलाई शेयर गरेका कारणले केही व्यक्ति साइबर क्राइममा पक्राउ गर्ने काम भएको भन्दै अपराध र सामान्य व्यङग्यलाई छुट्याउन अधिकारीले सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सार्वजनिक पदाधिकारीहरुको व्यङग्य हुने भन्दै कुन स्थानसम्म व्यङग्य र कुन स्थानसम्म अपराध भन्ने कुराको ठहर गरिनुपर्ने बताउनुभयो । प्रेसले हाम्रा विरुद्धमा धेरै कानुन कडाई भएर आउँदै छन् भनिरहेका बेला भएको यस्तो कामले प्रेस आत्तिएको भन्दै उहाँले प्रेसलाई संकुचन र न्यायालयलाई नियन्त्रणमा राखेर शासन चल्न नसक्ने बताउनुभयो ।
प्रधानमन्त्रीले सम्पादकहरुलाई बोलाएर निराशाका कुरा नलेख्दिन गरेको आग्रहप्रति उहाँले तिखो टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘पत्रकारले निराशाको स्थिति सिर्जना गराएको हो ? ६ महिनामा यति त प्रधानमन्त्रीज्यूलाई रियलाइज भएछ । कि निराशा देशमा बढ्दै छ । निराशालाई आशामा बदल्ने काम प्रधानमन्त्रीको हो कि प्रेसको हो ?’
उहाँले विप्लव समूहका खड्गबहादुर विश्वकर्मालाई पटक–पटक नियन्त्रणमा लिनु, अयोग्य लडाकुलाई बाहिर जानबाट रोक्नु तथा कंचनपुरको हालैको घटनाले मुलुकको मानवअधिकारको स्थिति उजागर गरेको र त्यसले जनतामा निराशा बढाइरहेको दावी गर्नुभयो ।
विप्लव समूहका खड्गबहादुर विश्वकर्मालाई सर्वोच्चले छोड्ने निर्देशन दिएपिच्छे प्रहरीले गिरफ्तार गर्ने गरेको भन्दै उहाँले भन्नुभयो, ‘सर्वोच्च अदालतले दुई–दुई पटक रिहाई गर्यो । छोड्दै जान्छ सर्वोच्च अदालत थुन्दै जान्छ सरकार । यो के भा हो ? यही हो सरकारले मानवअधिकार प्रति आशा प्रकट गर्ने काम गरेको ? यही हो आश लाग्ने काम गरेको ?’
अयोग्य लडाकु लेनिन बिष्ट बैंकक जाने क्रममा एअरपोर्टबाट फर्काउँदा संसारभर नेपालको एउटा नागरिकले बाहिर गएर बोल्नको लागि सरकारको अनुमति नभै पाइँदो रहेनछ भन्ने संदेश प्रवाह गरेको दावी उहाँले गर्नुभयो । उहाँले भन्नुभयो, ‘मानव अधिकारको ठाडो उल्लंघन भयो । यसले जनतालाई आशा जगाउँछ कि निराशा बढाउँछ ?’
प्रधानमन्त्रीले भ्रष्टाचार हुन दिन्न भन्दै गरे पनि मुलुकभर भ्रष्टाचारका घटना बढ्दै गएको दावी गर्नुभयो । सिक्टा सिंचाइ आयोजनामा अनियमितता भएको विषयमा किन छानविन नगरेको भनी उहाँले प्रश्न गर्नुभयो ।
त्यसैगरी नेपाल वायु सेवा निगमको वाइड बडी विमान खरिदमा भएको अनियमितताबारे छानविन गर्न अख्तियार प्रवेश गरेपछि मन्त्रालयले ढाकटछोप गर्ने ढंगले छानविन समिति बनाएको भन्दै उहाँले यी र यस्तै मुलुकभरका क्रियाकलापले जनतामा निराशा ल्याएको बताउनुभयो । उहाँले संवैधानिक निकायमा प्रमुख नियुक्ति गर्न ढिलाई किन गरियो भन्ने प्रश्न गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।