खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - कोपा अमेरिका फुटबलमा कोलम्बिया तेस्रो भएको छ । आज बिहान भएको खेलमा पेरुलाई ३–२ गोलले हराउँदै कोलम्बिया तेस्रो बनेको हो । खेलको इन्जुरी समयमा गोल गर्दै कोलम्बियाले पेरुलाई हरायो । खेलको ४५ औं मिनेटमा योसिमार योटुनको गोलमा पेरुले अग्रता बनाएको थियो । तर ४९ औं मिनेटमा जुआन कुआड्राडोले गोल गरी खेल बराबरीमा पुर्याए ।
कोलम्बियाका लुइस डियाजले ६६ औं मिनेटमा गोल गरी २–१ को अग्रता दिलाएका थिए । तर खेलको ८२ औं मिनेटमा जियानलुका लापादुलाले गोल गरी खेल बराबरीमा ल्याए । इन्जुरी समयमा डियाजले व्यक्तिगत दोस्रो गोल गर्दै कोलम्बियालाई जित दिलाए । कोपा अमेरिकाको उपाधिका लागि भोलि बिहान मराकाना रङ्गशालामा अर्जेन्टिना र ब्राजिल खेल्दैछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।