मेस्सी, नेयमार काेपा उपाधिका लागि फाइनलमा आमनेसामने हुँदै

 असार २६, २०७८ शनिबार १३:५८:२७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – बार्सिलोनाका लागि एकै साथ उपाधि जित्ने दुई साथी लियोनल मेस्सी र नेमार कोपा अमेरिकामा आफ्नो राष्ट्रिय टिम अर्जेन्टिना र ब्राजिललाई च्याम्पियन बनाउन आमनेसामने हुँदैछन् । कुनै उपाधिको प्रतिस्पर्धामा पहिलो पटक मेस्सी र नेयमार आमनेसामने हुन लागेका हुन् । ऐतिहासिक माराकाना स्टेडियममा आइतवार बिहान उपाधिका लागि खेल हुँदैछ । 

फुटबलको इतिहासमा सर्वश्रेष्ठ खेलाडीमध्ये एक मेस्सीसँग अर्जेन्टिनाका लागि कुनै उपाधि नजितेको परिचय बदल्नका लागि यो अन्तिम मौका हुनेछ । यो मेस्सीको पाँचौँ प्रमुख फाइनल हुनेछ र उनी यस पटक कुनै पनि हालतमा उपाधि जित्न चाहन्छन् । मेस्सी सन् २००७, २०१५, २०१६ कोपा अमेरिका र सन् २०१४ विश्व कपको फाइनलमा हार्ने अर्जेन्टिना टिमका सदस्य रहेका थिए ।  

२८ वर्षदेखि उपाधि जित्न नसकेको अर्जेन्टिना

अर्जेन्टिना टिम २८ वर्षदेखि उपाधि जित्न सकेको छैन । उसले पछिल्लो पटक सन् १९९३ मा मेक्सिकोलाई हराएर कोपा अमेरिकाको उपाधि जितेको थियो । त्यसपछि टिम चार पटक (३ कोपा अमेरिका, एक विश्वकप) उपाधिको प्रतिस्पर्धामा पुगे पनि प्रत्येक पल्ट हार बेहोर्‍याे । अब पाँचौँ पटक अर्जेन्टिनालाई यस शृङ्खला तोड्ने मौका छ । 

घरमा शत प्रतिशत नतिजा निकालेको ब्राजिल

ब्राजिलले जति पटक कोपा अमेरिकाको आयोजना गरेको छ त्यति नै पटक च्याम्पियन बनेको छ । यो छैटौँ पटक हो ब्राजिलले प्रतियोगिता आयोजना गरेको र ऊ फाइनलमा पनि पुगेको छ । यसअघि उसले सन् २०१९, १९८९, १९४९, १९२२, १९१९ मा आयोजना गरेको थियो र विजेता पनि बन्यो । यद्यपि अर्जेन्टिनाले विश्व कपको दुई पटक आयोजना गर्दा भने विजेता बन्न सकेन । एक पटक उपविजेता र एक पटक चौथो स्थानमा रह्याे ।   

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया