अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
भक्तपुर – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले गल्ती नगर्ने पत्रकारले सरकारद्वारा जारी नयाँ देवानी तथा फौजदारी संहिताबाट डराउनु नपर्ने बताउनु भएको छ ।
भक्तपुरबाट प्रकाशित हुदै आएको डोलेश्वर दैनिकको प्रथम वार्षिकोत्सव एवं ई–डोलेश्वर डट कम अनलाइन संस्करणको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले पत्रकारले पनि सही ढंगले आफ्नो जिम्मेवारी पूरा गरे कुनै पनि कानूनदेखि डराउनु नपर्ने उहाँले बताउनु भएको हो ।
सरकार, जनता, कर्मचारी, पत्रकार सबै आ–आफ्नो ठाउँमा जिम्मेवार हुनुपर्ने औल्याउँदै मन्त्री पण्डितले भन्नुभयो, ‘पत्रकार मित्रहरु गल्ती गर्नुभएको छैन भने देवानी तथा फौजदारी संहिताबाट डराउनु पर्दैन, कुनै दण्ड भेग्नु पनि पर्दैन, यदि गल्ती गर्नुभएको छ भने छुट माग्न पनि पाउनुहुन्न ।’
पत्रकारभन्दा पनि चिकित्सकहरु बढी डराएको प्रसङ्ग कोट्याउँदै उहाँले भन्नुभयो, ‘दाहिने खुट्टाको रोग लिएको गएको बिरामीको देब्रे खुट्टाको शल्यक्रिया गर्ने चिकित्सकलाई छुट दिनुपर्ने, गल्ती गर्नेलाई सजायँ दिन हुन्न भन्ने यो कस्तो माग हो ?’
यद्यपि देवानी फौजदारी संहितामा कमजोरी भए सरकार सच्याउन तयार रहेको बताउँदै उहाँले बेलायत, अमेरिका, भारत कुनैपनि देशमा नेपालमा जति प्रेस स्वतन्त्रता नभएको दाबी गर्नुभयो ।
आफ्नो अधिकार खोज्दा अरुको अधिकारको पनि संरक्षण गर्नुपर्छ भन्ने जान्ने हो भने कोही पनि डराउनु नपर्ने भन्दै उहाँले सिंहदरबार अगाडि नाङ्गै उभिनु पनि मानव अधिकार हो भन्ने हो भने नेपाली समाज नरहने टिप्पणी गर्नुभयो ।
अरु देशका पत्रपत्रिकामा ५ प्रतिशत राजनीतिक समाचार ९९.५ प्रतिशत विकासका समाचार हुने तर नेपाली पत्रिकामा त्यसको ठिक उल्टो हुने गरेको बताउँदै नकारात्मक मात्रै देख्ने गर्नु गलत भएको बताउनुभयो ।
कर्मचारीमा पनि राम्रो गर्नेले डराउनु पर्दैन भन्दै उहाँले घाम तापेर बस्ने, हप्तामा एक पटक आएर सधैको हाजिर गरेर जाने कर्मचारीलाई भने अब बिदाई गरेर घर पठाइने उहाँको भनाई थियो ।
स्थानीय तहमा अब कर्मचारीको अभाव नहुने बताउँदै उहाँले भन्नुभयो, ‘लोकसेवा आयोगले धमाधम नयाँ जनशक्ति निकाल्दै छ, आयोगले बिज्ञापन रोक्दैन, आवश्यकता अनुसार खोलिरहन्छ, ती कर्मचारी स्थानीय तहमा पठाईन्छ, कर्मचारी अभाव हुँदैन ।’
कार्यक्रममा मन्त्री पण्डितले११ हजार १११ राशीको डोलेश्वर दैनिक पत्रकारिता पुरस्कार सम्मान नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीलाई प्रदान गर्नुभयो ।
उहाँले पत्रकारहरु रमेश गिरी, शिव मुखिया, आनका कार्यकारी सदस्य रोशन प्रसाई, समाजसेवी विजय धौभडेललाई सम्मान गर्नुभयो । हरेक वर्ष एकजना पत्रकारलाई उक्त पत्रकारिता पुरस्कार प्रदान गर्ने आचार्यले घोषणा गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।