राष्ट्रियसभाका विषयगत समितिको सभापतिमा ३ जनाको मात्रै उम्मेदवारी

 भदौ १२, २०७५ मंगलबार १७:३९:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – राष्ट्रियसभाका तीन वटा विषयगत समितिको सभापतिमा ३ जनाको मात्रै उम्मेदवारी परेको छ । 

राष्ट्रियसभा विधायन व्यवस्थापन समितिको सभापतिमा परशुराम मेघी गुरुङ, राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा दिलकुमारी रावल थापा र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा रामनारायण बिडारीले उम्मेदवारी दिनु भएको हो । 

मंगलबार निर्धारित समय भित्रै राष्ट्रियसभा अन्तरगतको ३ वटा विषयगत समितिमा १÷१ जनाको सभापतिको उम्मेदवारी परेको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले जानकारी दिनुभयो । राष्ट्रिय सभा अन्तरगतको विषयगत समितिका सभापतिहरुको निर्वाचन बुधबार (भोलि) हुँदैछ । राष्ट्रियसभा दिगो विकास तथा सुशासन समितिको सभापतिमा भने कसैको पनि उम्मेदवारी परेको छैन ।

बुधबार बस्ने सम्बन्धित समितिको बैठकले सभापति चयन गर्नेछ । समितिको सभापतिमा उम्मेदवारी दिनु भएका विधायन व्यवस्थापन समितिका गुरुङ, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापतिका उम्मेदवार थापा र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिका उम्मेदवार बिडारी तीनै जना सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का हुनुहुन्छ । 

सभापति चयन नभएसम्म समितिको बैठकको संचालन जेष्ठ सदस्यले गर्ने संघीय संसद नियमावलीमा व्यवस्था गरिएको छ ।

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया