बिमस्टेकको सचिवस्तरीय बैठक सम्पन्न, विभिन्न १४ एजेन्डामा छलफल

 भदौ १२, २०७५ मंगलबार १८:१०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – बिमस्टेकको सचिवस्तरीय बैठक सम्पन्न भएको छ । बिमस्टेकमा आवद्ध सात वटै देशका सचिवले सुरक्षा र लगानीका बारेमा छलफल गरेका छन् । 

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले अहिले मुख्य १४ वटा एजेन्डामा छलफल भएको र बताउँदै एजेन्डा धेरै भएकैले यसलाई मर्ज गर्न सुझाव दिने निर्णय भएको बताउनुभयो । 

बैठकमा विद्युत ग्रीडको कनेक्टिभिटीका बारेमा एमओयू गर्न मस्यौदा पारित भएको र सम्मेलनमा हस्ताक्षर हुने मुख्य सहमति भएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । 

बिमस्टेकको चार्टर अथवा बडापत्र बनाउनको लागि मस्यौदा बनाउन छलफल गर्ने सहमति पनि सचिवस्तरीय बैठकमा भएको  छ ।

साथै विकास र साझेदारीका क्षेत्र पहिचान गर्ने पनि छलफल भएको पत्रकार सम्मेलनमा परराष्ट्रका प्रवक्ता भरतराज पौडेलले जानकारी दिनुभएको छ । 
 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया