अफगानिस्तान असुरक्षित बनेका अनुवादकहरूलाई अमेरिकाले सुरक्षित ठाउँमा लैजाने

 असार ३१, २०७८ बिहीबार ९:२८:२९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकाले आफ्ना सैनिकलाई अफगानिस्तानमा द्वन्द्वको समयमा दोभासेका रूपमा सहयोग गरेका अनुवादकहरूलाई सुरक्षित ठाउँमा लैजाने भएको छ ।

अफगानिस्तानमा रहेका अमेरिकीसहितका सैनिक फिर्ताकाे क्रम अन्तिम चरणमा पुग्दै गर्दा उनीहरूका सहयोगीका रूपमा काम गरेका अनुवादकहरू जोखिममा आएका भन्दै चासो र चिन्ता थपिएको थियो ।   

अनुवादकहरूले आफूहरूको सुरक्षा गरिदिन माग गरेका थिए । त्यहीअनुसार अमेरिकाले अनुवादकहरूलाई अमेरिका वा अरू कुनै देश पठाउने घोषणा गरेको छ । जोखिममा रहेका अनुवादकहरूलाई शरणार्थीका रूपमा लैजाने प्रक्रिया जुलाई अन्तिम हप्तादेखि सुरु हुने ह्वाइट हाउसले जनाएको छ । 

अफगानिस्तानबाट अमेरिकी तथा नेटो सेना फर्किन थालेसँगै त्यहाँ विद्रोही समूह तालिबानले आफ्नो नियन्त्रण क्षेत्र विस्तार गर्दै लगेको छ । 

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया