एचएमपीभी साधारण रुघाखोकी गराउने भाइरस भएकाले नआत्तिन सरकार...
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – अमेरिकी राष्ट्रपति जो बाइडेनले फेसबुक लगायत सामाजिक सञ्जालमा फैलिरहेका कोरोना सम्बन्धी झुटा सूचनाले मानिसहरूको ज्यान लिइरहेको बताउनुभएको छ ।
उहाँले झुटा सूचना नियन्त्रण गर्न फेसबुक असफल भएको पनि बताउनुभएको बीबीसीले जनाएको छ । ह्वाइट हाउसले गलत सूचना प्रवाह रोक्न सामाजिक सञ्जालहरूमाथि दबाब बढाउँदै गएको छ । यसअघि ह्वाइट हाउसकी प्रवक्ता जेन सकीले फेसबुक र अरु सामाजिक सञ्जालहरुले खोपका बारेका मिथ्या सूचना नियन्त्रणका लागि पर्याप्त कदमहरू नचालेको बताउनुभएको थियो ।
राष्ट्रपति बाइडेनले पनि त्यही कुरा जोड्दै अहिले खोप नलगाएका ठाउँहरुमा महामारी बढ्दै गएको र मानिसमा खोपप्रतिको विश्वास कम हुनुमा फेसबुक लगायत सामाजिक सञ्जालमा आउने मिथ्या सूचना रहेको बताउनुभएको छ ।
आफ्नो प्रतिक्रियामा फेसबुकले मानिसहरूलाई कसरी खोपसम्म पहुँच प्राप्त गर्ने भन्ने जानकारी दिएर आफूले जीवन बचाइरहेको टिप्पणी गरेको छ । अमेरिकामा खोप लगाउन योग्य कयौँ व्यक्तिहरूले आफूहरूलाई खोपमा विश्वास नभएको बताइरहेका छन् । गएको महिना एउटा प्रतिवेदनले फेसबुक, ट्विटर, युट्युब र इन्स्टाग्राममा खोपविरोधी अभियानकर्ताहरूलाई पछ्याउनेको संख्या पाँच करोड ९० लाख नाघेको उल्लेख गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।