प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

 साउन ३, २०७८ आइतबार १०:३८:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने हुनु भएको छ । पुनःस्थापित प्रतिनिधि सभाको आज बस्ने पहिलो बैठकमै उहाँले विश्वासको मत लिने तयारी गर्नुभएको हो । 

विश्वासको मत लिने प्रस्ताव कानुन मन्त्रीद्वारा सभामुखमार्फत संसद सचिवालयमा दर्ता भैसकेको छ । आजै बस्ने  प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले संविधान बमोजिम विश्वासको मत लिनु हुने सचिवालयले जनाएको छ।

सत्तारुढ कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाको उपेन्द्र यादव पक्षमा १७ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् । 

विश्वासको मत लिन आवश्यक पर्ने १३६ मध्ये देउवालाई ८ मत पुग्दैन । देउवालाई प्रधानमन्त्री दाबी गर्दा एमालेका माधव नेपाल समूहका २६ सांसदले हस्ताक्षर गरे पनि प्रतिनिधि सभा पुनर्स्थापना र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेशको माग गर्दै सर्वोच्चमा दिएको मुद्दामा भने २३ जना सांसदले मात्रै हस्ताक्षर गरेका थिए ।

सर्वोच्चको परमादेशपछि गएको मङ्गलवार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
 

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

7 Comments

  • हिक्मत कठायत

    July 18, 2021, 10:18 p.m.

    बोली स्पस्ट नै छैन यस्तो प्रधान मन्त्री ले कसरी देश चलाउने त सुवाउँदो कुरा नै छैन विश्वासको मत दिन हुन्न हाई ढोका हो

  •  0 Reply
  • Dinesh rai

    July 18, 2021, 12:42 p.m.

    प्रधानमन्त्री शेर वहादुर देउवाले विश्वाशको मत पाउँछन जस्तो लागेको छैन मलाई , किनभने बोली नै स्पस्ट छैन /केही गरेर विश्वाशको मत पाइहाले पनि त्यस्तो प्रधानमन्त्रीलाई मत दिने सभासद मुर्ख हुन् / बोली नबुझिने नेतालाई प्र म बनाएर desh कसरी समृद्द हुन्छ , त्यसैले अब जुन पार्टीको सरकार आएपनि अलिक युवानेतालाई पार्टीले प्रधानमन्त्री बनाउनुपर्छ /

  •  0 Reply
  • लक्ष्मी कुमार धमला

    July 18, 2021, 11:34 a.m.

    कुनै पनि हालत मा विश्वास को मत जित्नु हुदैन किन की यति चोटी प्रधानमन्त्री भएर खोइ कुन चै काम गर्नु भएको छ याद आउने खाल्को त्यो भएर वहाँ लाई मत दिएर जिताउनु बेकार छ अब अहिले को योथ लाई दिनु पर्छ सरकार चलाउन

  •  0 Reply
  • suman khatri

    July 18, 2021, 11:28 a.m.

    यो सब झोले नेतालाई हटाउन चाहिँ के गर्नुपर्छ ? त्यो चाहिँ भनम न ...

  •  0 Reply
  • Rohit Kumar sah

    July 18, 2021, 11:21 a.m.

    नागरिकता सम्बन्धी जुन संबिधानमा छ , त्यो पुरा गर्नु भयो भने विश्वाशको मत मिल्छ /

  •  0 Reply
  • Abinash Sahani

    July 18, 2021, 11:18 a.m.

    If the parliament members supports for Deuba, then this would be the most worst decision ever taken. I think he is the personnel who have always betrayed his country doing several agreement with India. He has not even regreted for this ever and now he might be proceeding for MCC which will be the most dangerous and bad agreement in the history ever.

  •  0 Reply
  • Krishna Tamang

    July 18, 2021, 11:14 a.m.

    मलाई ठिक लागेन बिश्वास नैलागेन

  •  0 Reply

तपाईको प्रतिक्रिया