अमेरिकन एअरलाइन्सको विमान र सेनाको हेलिकोप्टर दुर्घटनामा १८ ...
माघ १७, २०८१ बिहिबार
काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले आजै बस्ने संसदको बैठकमा विश्वासको मत लिने हुनुभएको छ ।
आज बस्ने प्रतिनिधिसभाको पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने, सरकारले अध्यादेशहरु टेबल गर्ने र शोक प्रस्ताव प्रस्तुत हुनेछ । बैठक दिउँसो ४ बजे बस्दैछ ।
केही समय अघि बसेकाे कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव निर्णायार्थ प्रस्तुत हुने विषयमा छलफल भएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।सर्वोच्च अदालतले गएको असार २८ गते प्रतिनिधि सभा पुर्नस्थापना गरेपछि आज पहिलो पटक प्रतिनिधिसभाको बैठक बस्न लागेको हो । सर्वोच्च अदालतको परमादेश अनुसार देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।