खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - इङ्ग्ल्यान्डले दोस्रो टी–ट्वान्टी क्रिकेटमा पाकिस्तानलाई ४५ रनले पराजित गरेको छ ।
लिड्समा गएराति इङ्ग्ल्यान्डले दिएको २ सय १ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर मात्र १ सय ५५ रन बनाउन सक्यो । पाकिस्तानका मोहमद रिजवानले ३७, शादब खानले ३६, कप्तान बाबर आजम २२ तथा इमाद वासिमले २० रन जोडे।
इङ्ग्ल्यान्डका साकिब महमुदले ३ तथा मोइल अली र आदील राशिदले २/२ विकेट लिए भने टोम करन र माट पाकिर्नसनले एक/एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले १९ ओभर ५ बलमा अलआउट हुँदै २ सय रन बनाएको थियो । इङ्ग्ल्यान्डका जोस बट्लरले ५९ रनको अर्धशतकीय पारी खेले भने लियाम लिभिङस्टोनले ३८, मोइन अलीले ३६, क्रिस जोर्डनले १४ रन जोडे ।
पाकिस्तानका मोहमद हासनेनले ३ विकेट लिए भने हरिस राउफ र इमाद वासिमले २/२ विकेट लिए । यस्तै, शहेन साह अफ्रिदी र शादब खानले एक/एक विकेट लिए । जितसँगै इङ्ग्ल्यान्डले ३ खेलको श्रृङ्खलामा १–१ को बराबरी गरेको छ । पहिलो टी–ट्वान्टीमा पाकिस्तानले इङ्ग्ल्यान्डलाई ३१ रनले पराजित गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।