एचएमपीभी साधारण रुघाखोकी गराउने भाइरस भएकाले नआत्तिन सरकार...
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – चीनले माइक्रोसफ्ट कम्पनीमा साइबर आक्रमण गरेको भनेर आफूमाथि लगाइएको आरोप निराधार भएको बताएको छ ।
बेलायत, अमेरिका र युरोपेली युनियनले माइक्रोसफ्टकाे सर्भरमाथि आक्रमण गरेर चीनले ३० हजारभन्दा बढी संस्थाको विवरण चोरी गरेको आरोप लगाएपछि चीनले त्यसको प्रतिवाद गरेको हो । चीनको संयुक्त सुरक्षा मन्त्रालयले विश्वको स्थिरता र सुरक्षालाई प्रभावित पार्ने गरी पश्चिममा देशले आरोप लगाएको बताएको छ ।
पश्चिमा देशहरूले चीनमाथि एकै पटक धेरै संस्थामा आक्रमण गरेर व्यक्तिगत विवरण र बौद्धिक सम्पत्ति चोरी गरेको आरोप लगाएका छन् । चीनले यसअघि लगाइँदै आएका साइबर आक्रमणका आरोपलाई पनि कडाइका साथ अस्वीकार गर्दै आएको छ ।
अमेरिका, बेलायत र युरोपियन युनियनले चिनियाँ रक्षा मन्त्रालयले समेत जासुसी गर्दै आएको आरोप लगाएका छन् । यो आरोपपछि चीन र पश्चिमा देशबीच तनाव बढ्न सक्ने सङ्केत देखिएको छ ।
चीनले सबै प्रकारका साइबर अपराधको विरुद्धमा आफू दृढ रहेको बताउँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।