भारतमा चार महिनायताकै कम संख्यामा कोरोना सङ्क्रमण

 साउन ६, २०७८ बुधबार ६:१०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतमा चार महिनायताकै कम संख्यामा कोरोना सङक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३० हजार ९३ जनामा कोरोना सङक्रमण पुष्टि भएको र यो एक सय २५ दिनमा सबैभन्दा कम भएको भारतको सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा अहिले कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ११ लाख नाघेको छ । भारतमा चार लाख ६ हजार सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ४५ हजारको सङ्क्रमित निको भएका छन् । योसहित तीन करोड ३ लाख ५३ हजार व्यक्ति कोरोना मुक्त भएका छन् ।

कोरोनाभाइरसका कारण भारतमा अहिलेसम्म चार लाख १४ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् । गएको जनवरी १६ देखि भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियान चलिहरको छ । अहिलेसम्म ४१ करोड १८ लाख ४६ हजार खोप प्रयोग भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया