शनिवार पानी पार्ने प्रणाली भित्रिँदै, तराईमा हुस्सु र कुहिरोक...
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – चीनमा मुसलधारे पानीका कारण आएको बाढीमा प्रभावित दश हजार बढी नागरिकको उद्धार गरिएको छ । हेनान प्रान्तका उनीहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।
मध्य चीनमा बाढी आएसँगै मानिसहरू घर छोड्न बाध्य भएका छन् । रेल स्टेशन र सडक डुबानमा परेका छन् । मुख्य सडकहरू बन्द र उडानहरू रद्द गरिएसँगै एक दर्जनभन्दा बढी सहर प्रभावित भएका छन् । बाढीमा कम्तीमा १२ जनाको ज्यान गएको खबर प्राप्त भएको बीबीसीले जनाएको छ ।
झण्डै ९ करोड ४० लाख जनसङ्ख्या रहेको हेनान प्रान्तमा मौसमसम्बन्धी चेतावनी जारी गरिएको छ । बाढी आउनुमा धेरै कारणहरु रहे पनि जलवायु परिवर्तनका कारण बढेको तापक्रमले भीषण वर्षाको क्रम तीव्र बनाएको विज्ञले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।