बाँधमा डुबेका व्यक्तिकाे पहिचान खुल्यो, खोजीका लागि बाँकेबाट थप प्रहरी टोली आउँदै

 साउन ६, २०७८ बुधबार २०:२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – दाङको घोराही सिमलतारामा सिँचाइका लागि बनाइएको कृत्रिम बाँधमा डुबेर बेपत्ता भएका एक जनाकाे पहिचान खुलेको छ ।

घोराही उपमहानगरपालिका १ सिमलताराको गयरसोता बाँधमा पौडी खेल्ने क्रममा त्यही ठाउँका ३१ वर्षीय लालबहादुर विष्ट डुबेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

स्थानीयवासी र प्रहरीले विष्टकाे खोजी गरिरहेका छन् । गएको वर्ष खनिएको बाँध धेरै गहिरो भएको र दलदले माटो भएकोले विष्ट त्यसैमा फसेकाे हुन सक्ने प्रहरीले अनुमान गरेको छ । अहिलेसम्म पनि विष्टकाे अवस्था थाहा नभएपछि खोजीका लागि बाँकेको नेपालगञ्जबाट तालिम प्राप्त प्रहरी टोली र अन्य जनशक्ति आउँदै गरेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया