च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – आज र भाेलि हिजो-अस्तिको जस्तो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । मनसुनको न्यूनचापीय क्षेत्र वायुमण्डलबाट केही तलतिर सरेकाले पानी कम पर्ने अनुमान गरिएको मौसमविद् सजिना शाक्यले बताउनुभयो ।
उहाँका अनुसार मनसुनको न्यूनचापीय क्षेत्र तलतिर सर्दा नेपालमा कम र भारतमा धेरै पानी पर्ने हुन्छ । तर यसले मात्रै मनुसुनी गतिविधिलाई निर्धारण भने नगर्ने मौसमविद्ले बताएका छन् । आज भन्दा भोलि अझ मौसम खुल्ने सम्भावना छ । लगातार झरी नपरे पनि हल्कादेखि मध्यम खालको वर्षा भने हुने मौसमविद् सजिना शाक्यले बताउनुभयो । उहाँका अनुसार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना छ ।
काठमाण्डौ उपत्यकामा दिउँसो पछि हल्कादेखि मध्यम खालको वर्षा हुने अनुमान छ । एक दुई दिन लगातार झरी नपरे पनि यस अघिकै वर्षाले जमिन गलिसकेकाले हल्का पानी पर्दा पनि पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विज्ञको सुझाव छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।