भारतकाे चर्चित पत्रिका दैनिक भास्करकाे कार्यालयमा छापा

 साउन ७, २०७८ बिहीबार १३:२९:१ | एजेन्सी
unn.prixa.net

तस्बिर ; एजेन्सी

काठमाण्डाै – भारतको चर्चित पत्रिका दैनिक भास्करको कार्यालयमा आज बिहीवार बिहान सेन्ट्रल बोर्ड अफ डायरेक्ट ट्याक्सेज (सीबीडीटी) ले छापा मारेको छ ।  

सीबीडीटीका प्रवक्ता सुरभि अहलूवालियाले दैनिक भास्करको कार्यालयमा छापा मारिएको पुष्टि गर्नुभएको छ ।   

सुरभीले बीबीसीसँग भन्नुभयाे, ‘दैनिक भास्करको कार्यालयमा सीबीडीटीको अपरेशन चलिरहेको छ । यसबारेमा हामी अहिले यतिमात्र बताउन सक्छौँ ।’

दैनिक भास्करका नेशनल एडिटर लक्ष्मी प्रसाद पन्तले सीबीडीटीको टोली जयपुर कार्यालयमा पुगेको खबर प्राप्त भएको बताउनुभएकाे छ । 

दैनिक भास्कर भारतको चर्चित हिन्दी अखबार हो । दैनिक भास्करले कोभिड महामारीको समयमा खोजमूलक समाचारहरू प्रकाशित गरेको थियो जसमा सरकारले कोभिड महामारी व्यवस्थापनमा गरेको क्रियाकलापमाथि प्रश्न उठाएको थियो ।

दैनिक भास्करको कार्यालयमा छापा मारिएको विरोधमा विपक्षीले नाराबाजी गरेपछि दुवै सदन स्थगित गरिएको छ । दुवै सदन दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विपक्षीले दैनिक भास्कर कार्यालयमा छापा मारेर मिडियालाई डराउने काम गरेको आरोप पनि लगाएका छन् ।  

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया