खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – जिम्बाब्वेसँगको पहिलो टी–२० क्रिकेट बङ्गलादेशले आठ विकेटले जितेको छ । हरारेमा जिम्बाब्वेले दिएको एक सय ५३ रनको लक्ष्य बङ्गलादेशले सात बल बाँकी छँदै मात्र दुई विकेट गुमाएर भेटायो ।
बङ्गलादेशको जितमा मोहम्मद नइमले ६३ र सौम्य सरकारले ५० रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोली जिम्बाब्वेले १९ ओभरमा अलआउट हुँदै एक सय ५२ रन बनाएको थियो । जिम्बाब्वेका लागि रेगिस चाकभले सर्वाधिक ४३ रन बनाए । बलिङतर्फ बङ्गलादेशका मुस्ताफिजुर रहमानले सर्वाधिक तीन विकेट लिए ।
विश्व वरीयतामा बङ्गलादेश दशौँ र जिम्बाब्वे एघारौँ स्थानमा छन् । यसअघि भएको तीन खेलको एकदिवसीय शृङ्खला बङ्लादेशले जितेको थियो । तीन/तीन खेलको टेस्ट, एकदिवसीय र टी–२० का लागि बङ्गलादेश जिम्बाब्वे भ्रमणमा रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।