एचएमपीभी साधारण रुघाखोकी गराउने भाइरस भएकाले नआत्तिन सरकार...
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – चिनियाँ राष्ट्रपति सी जिनपिङले तिब्बत भ्रमण गर्नुभएको छ । चीनको सरकारी समाचार संस्था सिन्ह्वाले यसबारे जानकारी दिएको हो । राष्ट्रपतिका रूपमा सी जिनपिङको यो पहिलो तिब्बत भ्रमण हो ।
बुधवार दक्षिण–पश्चिमी तिब्बतको निङ्ची सहर पुग्दा स्थानीयवासीले उहाँको स्वागत गरेका थिए । सिन्ह्वाका अनुसार जिनपिङले न्याङ नदीमा बनेको पुलको पनि निरीक्षण गर्नुभएको छ । बिहीवार उहाँले निङ्चीदेखि ल्हासासम्म रेल यात्रा गर्नुभयो ।
निङ्ची र ल्हासाबीच गएको महिना मात्रै रेल सेवा सुरु भएको हो । यो तिब्बतको पहिलो विद्युतीय रेल सेवा हो । तिब्बत चीनको स्वशासित क्षेत्र हो । तिब्बतको निङ्ची सहर भारतको अरुणाचल सीमा नजिक छ । यो आसपासको क्षेत्र केही वर्षयता भारत र चीनबीच सीमा विवादको केन्द्र पनि बनेको छ ।
रेडियो फ्री एसियाका अनुसार सी जिनपिङको यात्राका क्रममा सुरक्षा व्यवस्थाको प्रबन्ध गरिएको थियो । ड्रोन र चङ्गा उडाउन पनि रोक लगाइएको थियो, साथै उद्योग र निर्माणस्थलमा काम बन्द गरिएकाे थियो ।
चीनले ७० वर्षअघि तिब्बतलाई आफ्नो नियन्त्रणमा लिएको थियो । तिब्बती धर्मगुरु दलाई लामा आफ्ना आनुयायीका साथ भारतको धर्मशालामा रहँदै आउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।