च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
भारतीय एक अनलाइन पोर्टलले बलिउड अभिनेता ऋतिक रोशनले अभिनेत्री दिशा पटानीसँग नजिक हुन खोजेको र दिशाले ऋतिकको यस व्यवहारका कारण त्यो फिल्म नै छोडेर जानु परेको गलत खबर छापेको थियो ।
यो खबर छापेलगत्तै ऋतिकले रिसाउँदै आफ्नो रिसलाई ट्वीटर मार्फत निकाले । उनले त्यस मिडियालाई गलत खबर छापेको भन्दै ट्वीटरमार्फत ‘आफ्नो दिमागमा भरिएको फोहर जिमखानामा जिम गरेर फाल्नू’ भनेका छन् ।
मेरे प्यारे मित्र ‘पत्रिका जी”, कसरत करते हो? थोड़ा gym जाओ। mind से सारा कचरा निकल जाएगा! ख़ासकर बीस donkey किक्स, बीस monkey रोल & 2 dog jumps आप के लिए सही रहेगा। ज़रूर कीजिएगा। गुड luck. गुड day. And लव you टू :) pic.twitter.com/ikuNWmie21
— Hrithik Roshan (@iHrithik) August 28, 2018
त्यति मात्रै होइन ऋतिकले त्यस किसिमको गलत खबर छाप्ने मिडियालाई उसले छापेको खबरको फोटोसहित ‘अहिलेलाई तपाईंको मिडियाको प्रगतिको लागि मेरो तर्फबाट यो ट्वीट लिनुहोस् र अब आइन्दा कुनै सहयोग चाहिएको छ भने सिधै आएर सहयोग माग्नुहोस्’ भन्दै ट्वीट गरेका छन् ।
‘भास्कर bhaisaab? कहाँ हो? हाल चाल सब? सब ठीक? देखिए, आपकी दुकान ki प्रगति के लिए मेरी तरफ़ से यह ट्वीट. Next time सीधे बोल देना की help चाहिए। pic.twitter.com/f92izpXh1v
— Hrithik Roshan (@iHrithik) August 28, 2018
ऋतिकले मात्रै नभइ अभिनेत्री दिशा पटानीले पनि त्यस मिडियाले छापेको खबर गलत रहेको र ऋतिक एक इज्जतदार व्यक्ति रहेको बताएकी छिन् ।
दिशाले त्यस मिडियाको खबरलाई गलत र अव्यवहारिक रहेको बताउँदै भनेकी छिन्, ‘ऋतिक सरविरुद्ध यो एकदमै गलत खबर चलाइएको छ । यस खबरमा एक पैसाको पनि सत्यता छैन । मैले उहाँसँग त्यति धेरै त कुराकानी गरेकी छैन तर उहाँ निकै असल व्यक्ति हुनुहुन्छ र उहाँले यस किसिमको गलत काम गर्न सक्नुहुन्न ।’
उनले आफूले ऋतिकका कारण कुनै पनि फिल्म नछोडेको र जुन किसिमको खबर छापिएको छ त्यो सरासर गलत रहेको अभिव्यक्ति दिएकी छिन् ।
दिशाले आउने दिनहरुमा ऋतिकसँग काम गर्ने अवसर पाएमा अवश्य काम गर्ने पनि बताएकी छिन् । अभिनेत्री दिशा पटानी सलमान खानको फिल्म ‘भारत’ मार्फत दर्शकमाझ आउने तयारीमा छिन् ।
ऋतिक रोशनले फिल्म ‘सुपर ३०’ को छायाँकन पूरा गरिसकेका छन् भने अभिनेत्री दिशा पटानीका प्रेमी तथा ज्याकी श्राफका छोरा टाइगर श्राफका साथ यशराज ब्यानरको फिल्मको काममा व्यस्त छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।