टर्कीमा सात सय बढी आप्रवासी पक्राउ : पक्राउ पर्नेमा धेरैजसो अफगानिस्तानका

 साउन १३, २०७८ बुधबार ६:२१:८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – टर्कीमा सात सय भन्दा धेरै आप्रवासी पक्राउ परेका छन् । टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलबाट ७ सय ९ जना अवैध आप्रवासी पक्राउ परेका हुन् ।

टर्कीमा प्रहरीले आप्रवासीलाई खोज्ने अभियान चलाएको छ । जुलाई १५ देखि सुरु भएको अभियानको दश दिनमै इस्तानबुल र वरपरका ११ जिल्लाबाट उनीहरु पक्राउ परेका इस्तानबुल प्रहरी बलले जनाएको छ । पक्राउ परेकाहरु अवैधरुपमा लुकेर बसीरहेका आप्रवासी हुन् । पक्राउ पर्नेहरुमध्ये धेरैजसो अफगानिस्तानका रहेका इस्तानबुल प्रहरी बललाई उदृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

अफगानिस्तानमा हिंसाका घटना बढेसँगै शरणार्थीका रुपमा टर्की छिर्नेको संख्या बढ्दै गएको खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया