भुटानले एक हप्तामै ९० प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगायो

 साउन १३, २०७८ बुधबार १८:३:४१ | एजेन्सी
unn.prixa.net

तस्बिर : ट्विटर/द भुटानिज

काठमाण्डाै – भुटानले आफ्नो देशका ९० प्रतिशत खोप लगाउन योग्य व्यक्तिलाई एक हप्ताभित्रै काेभिड १९ (कोरोना भाइरस) विरुद्धको खोप लगाएको छ । जुलाई २० देखि २७ अर्थात् हिजो मङ्गलवारसम्ममा खोपयोग्य ९० प्रतिशत नागरिकलाई खोप लगाएको भारतीय समाचार संस्था हिन्दुस्तान टाइम्सले जनाएको छ ।

खोप योग्य पाँच लाख ३० हजार जनामध्ये एक हप्तामा चार लाख ८० हजार नागरिकलाई भुटानले काेराेनािविरुद्धकाे खोप लगाएको छ । उनीहरू सबैलाई दोस्रो मात्रा खोप दिइएको हो ।

भुटानको जनसङ्ख्या झन्डै आठ लाख रहेको छ । भुटानले खोप लगाउने अभियान अन्तर्गत दुर्गम भेगमा हेलिकोप्टरमार्फत खोप आपूर्ति गरेको थियो ।

संयुक्त राष्ट्र सङ्घीय बाल कोष युनिसेफले भुटानमा तीव्र गतिमा सञ्चालन गरिएको खोप कार्यक्रमलाई सफलताको कथा आशाको किरण भएको बताएको छ । युनिसेफका भुटानी प्रतिनिधि विल पार्क्सले यसलाई सम्भवतः विश्वकै छिटो खोप अभियानमध्येको एक भएको बताउनुभएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।   

भुटानकाे स्वास्थ्य मन्त्रालयका अनुसार यस अभियानमा विभिन्न देशले दानमा दिएका काेराेना खाेपकाे प्रयाेग गरिएकाे थियाे । 

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया