रिलायन्स लाइफद्वारा २ करोड ५० लाखको मृत्यु दाबी भुक्तानी

 साउन १४, २०७८ बिहीबार ११:४१:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले २ करोड ५० लाखको मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ । 

कोहलपुर नगरपालिकाका सर्जन विकको मृत्युपछिकाे कम्पनीको नियमअनुरुप यस दाबी भुक्तानी रकम बीमितको इच्छाइएको व्यक्ति धर्मपत्नी/श्रीमती सपना मल्ललाई हस्तान्तरण गरेको हो ।

दाबी भुक्तानी कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमन पौडेल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष ताराचन्द केडिया, सञ्चालक जगदीशकुमार अग्रवाललगायत कम्पनीका पदाधिकारीको उपस्थिति रहेको थियो ।  

कम्पनीले अहिलेसम्म आठ करोड २३ लाख रुपैयाँ बराबरको दाबी रकम भुक्तानी गरेको छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया