च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई तीन दिने स्पष्टीकरण सोधेको छ । सर्वोत्तम सिमेन्टले बुक विल्डिङ मार्फत जारी गर्न लागेको प्राथमिक शेयर अर्थात् आईपीओमा धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जका प्रमुखका आफन्तको नाममा शेयर रहेको समाचार बाहिरिएपछि अर्थ मन्त्रालयले धितोपत्र बोर्डका नाममा तीन दिने स्पष्टीकरण सोधेको हो ।
धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले अमेरिकामा रहेकी छोरीको नाममा ११ हजार नौ सय कित्ता शेयर किनेको र नेप्सेका सीईओ चन्द्रसिंह साउदले श्रीमतीका नाममा १० हजार कित्ता शेयर खरिद गरेको समाचार आएको थियो ।
मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले बुधवारदेखि लागू हुने गरी तीन दिनभित्र स्पष्ट गरी पठाउन भनेको छ ।
‘विभिन्न सञ्चार माध्यममा प्रकाशित भएका बोर्डसँग सम्बन्धित समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको छ । ती विषयवस्तुको सम्बन्धमा यथार्थ के हो, त्यसकाे स्पष्ट र तथ्यपरक विवरण तीन दिनभित्र मन्त्रालयमा उपस्थित गराइदिनु हुन आदेशअनुसार अनुरोध छ’, पत्रमा भनिएको छ ।
नेपाली शेयर बजारको नियामक निकाय धितोपत्र बोर्ड र सञ्चालक नेप्सेका प्रमुखले नै स्वार्थ बाझिने र कानुन विपरीत शेयर खरिद गरेर राखेको भन्दै चौतर्फी आलोचना भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।