आईएमईबाट रकम पठाइ विजेता बनेकी प्रमिला रोकायालाई आईएमई ग्रु...
पुस १३, २०८१ शनिबार
काठमाण्डाै - आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुनेछ । प्रदेश-१, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भने दिउँसो ठूलो पानी पर्ने सम्भावना छ । तर, छोटो समयका लागि मात्रै ठूलो वर्षा हुनेछ ।
अबको केही दिन लगातारजसो ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार मनसुनी न्यूनचापीय रेखा तराईको भूभागबाट टाढा रहेकाले लगातार ठूलो वर्षा हुने सम्भावना केही दिनलाई छैन ।
तर, पूर्वी वायुको प्रभावका कारण बादल लाग्ने र हल्कादेखि मध्यम खालको वर्षासँगै छोटो समयमा लागि केही ठाउँमा ठूलो वर्षा हुन सक्छ । यस्तै, आज राति प्रदेश-१, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा छोटो समयका लागि ठूलो वर्षा हुने अनुमान रहेको मौसमविद्ले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।