कुश्माको 'द क्लिफ' मा विश्वकै लामो र अग्लो 'मेगाट्रोल' सञ्चालनम...
पुस २४, २०८१ बुधबार
नवलपरासी – नवलपरासी प्रहरीले स्राेत नखुलेकाे रकमसहित दुई जनालाई पक्राउ गरेकाे छ । नवलपरासीकाे पाल्हिनन्दन गाउँपालिका २ का ३५ वर्षीय याेगेन्द्र यादव र भारतकाे उत्तर प्रदेशका २७ वर्षीय समिर खान स्राेत नखुलेकाे रकमसहित पक्राउ परेका हुन् ।
उनीहरूकाे साथमा रहेकाे नाै लाख भारु र १८ लाख ५० हजार रुपैयाँकाे स्राेत खुलाउन नसक्दा पक्राउ परेका नवलपरासीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु लामाले बताउनुभयाे ।
दुवै जनालाई बर्दघाट नगरपालिका १२ भटौलियाकाे परासी नारायण चोक हुलाकी सडक खण्डबाट पक्राउ गरिएकाे हाे । उनीहरूलाई बरामद रकमसहित थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाउने प्रहरीले जनाएकाे छ ।
लु १६ प ३७२९ नम्बरकाे माेटरसाइकलमा सवार उनीहरूमाथि शङ्का लागेपछि राेकेर जाँच गर्ने क्रममा इलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय नवलपरासीलाई बुझाएकाे हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।