च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ - टाटा मोटर्सका लागि नेपालकाे आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र एन.एम.बी. बैंकबीच नेक्सन ईभीका लागि सहुलियत पूर्ण कर्जासम्बन्धी सहकार्य भएकाे छ।
अब टाटा मोटर्सको इलेक्ट्रिक गाडी नेक्सन ईभी खरिद गर्न चाहने ग्राहकले एन.एम.बी. बैंक लिमिटेडको नेपालभरिका शाखामार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्ने भएका छन् ।
टाटाका गाडी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरुलाई सहज रुपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रहेर कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो।
कर्जा सम्झौताअन्तर्गत नेक्सन ईभी खरिद गर्न चाहने व्यक्ति तथा संस्थाहरुले शून्य प्रतिशत प्रिमियमसहित बैंकको बेस रेट ब्याजदरमा एन.एम.बी. बैंक लिमिटेडको नेपालभरिका शाखाहरु मार्फत कर्जा प्राप्त गर्न सक्ने सिप्रदीले जनाएको छ ।
यस अन्तर्गत बैंकले २४ घण्टाभित्र ८० प्रतिशतसम्म फाइनान्सको सुविधा उपलब्ध गराउने भएकाे छ । यस सम्झौतापत्रमा सिप्रदीकातर्फबाट प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिँजापति र एन.एम.बी. बैंक तर्फबाट व्यापार तथा रणनीति प्रमुख अधिकृत सुदेश उपाध्यायले सम्झाैतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
नेपाल राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन, परिपत्र तथा बैंकको नीतिअनुसार ग्राहकहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने सिप्रदीले जनाएकाे छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।