कुश्माको 'द क्लिफ' मा विश्वकै लामो र अग्लो 'मेगाट्रोल' सञ्चालनम...
पुस २४, २०८१ बुधबार
काठमाण्डाै – अमेरिकाको टेक्सासमा आप्रवासी चढेको भ्यान दुर्घटना हुँदा कम्तीमा १० जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य २० जना घाइते भएका छन् ।
मेक्सिकोबाट सीमा पार गरेर आएका गैरकानुनी आप्रवासी चढेको भ्यान तीव्र गतिका कारण टेक्सासको एक घुम्तीमा विद्युतीय पोलमा ठोक्किएको बीबीसीले जनाएको छ ।
१५ जना यात्रु बोक्ने भ्यानमा ३० जना चढेका थिए । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको खबरमा उल्लेख छ ।
मेक्सिकोबाट गैरकानुनी बाटो हुँदै आउने शरणार्थी विभिन्न दुर्घटनामा पर्ने गरेका छन् । गएको मार्चमा पनि मेक्सिकोबाट आएका अवैध आप्रवासी चढेको एउटा भ्यानलाई ट्रकले ठक्कर दिँदा १३ जनाको ज्यान गएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।