पीएम कप महिला क्रिकेट : 'सुपर–फाेर' मा आर्मीले सुदूरपश्चिमला...
माघ १०, २०८१ बिहिबार
काठमाण्डाै – अफ्रिकी देश नाइजेरियामा सेनाले अहिलेसम्मकै ठूलो परिमाणमा वन्यजन्तुका अङ्ग बरामद गरेको छ । तस्करीकाे एक अखडामा सरकारी सेनाले छापा मारेको र यो कारबाही अहिलेसम्मकै ठूलो भएको सरकारी अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।
१७ हजार एक सय ३७ किलो सालकको खपटा, ४४ किलो हात्तीको दाह्रा र ६० किलो नङ्ग्रा बरामद गरेको र यसको मूल्य ५४ मिलियन डलर बराबरको रहेको सेनाका कर्नेल मोहम्मद इब्राहिम अलीले जनाएको खबरमा उल्लेख छ ।
वन्यजन्तु र अङ्ग तस्करीमा संलग्न भएको आरोपमा तीन जना विदेशी यसअघि पक्राउ परिसकेका र आज चौथो व्यक्ति पनि पक्राउ परेका कर्नेल अलीले बताउनुभएको छ ।
वन्यजन्तु विशेषज्ञहरुका अनुसार नाइजेरिया एसियालाई वन्यजन्तु र अङ्ग पठाउने गिरोहको केन्द्र बनेको छ । असुरक्षित सीमाना, कमजोर कानुन, भ्रष्टाचार र ठूला बन्दरगाहको पहुँचका कारण तस्करहरूका लागि नाइजेरिया सुरक्षित देश रहेको खबरमा उल्लेख छ ।
नाइजेरियाले बेलायत, अमेरिका, र जर्मन अधिकारी तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्थासँग मिलेर तस्करविरुद्धकाे कारबाहीलाई तीव्रता दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।