परमाणु सम्झौता सम्बन्धी वार्तामा फर्किन इरानलाई अमेरिकाको आग्रह

 साउन २२, २०७८ शुक्रबार ९:२६:२३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकाले इरानलाई परमाणु सम्झौता सम्बन्धी वार्तामा फर्किन आग्रह गरेको छ । हिजो पद सम्हालेका इरानी राष्ट्रपति इब्राहिम रइसीले देशमाथि लागेका प्रतिबन्ध अन्त्यका लागि गरिने कूटनीतिक पहललाई समर्थन गर्ने सङ्केत गरेकै बेला अमेरिकाले यस्तो आह्वान गरेको हो ।

अमेरिकाले कूटनीतिक मार्ग सधैँ खुला नरहने चेतावनी पनि दिएको छ । सन् २०१८ मा त्यस बेलाका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले परमाणु सम्झौताबाट अमेरिकालाई अलग्याउँदै इरानमाथि पुराना प्रतिबन्धहरू पुनः लगाएपछि दुई देशबीच तनाव बढेको थियो । पश्चिमा देशले परमाणु हतियार बनाएको भन्दै इरानको आलोचना गर्दै आएका छन् । तर, इरानले भने यसको खण्डन गर्दै आएको बीबीसीले जनाएकाे छ । 

अन्तिम अपडेट: पुस १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया