च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेट (निफ्रा) ले काठमाण्डौको कमलादी र धनकुटाको भेडेटारमा निर्माणाधीन स्काई वाक टावरमा लगानी गर्ने भएको छ ।
देशकै पहिलो स्काई वाक टावर निर्माण तथा सञ्चालनका लागि निफ्रा र बोन्डर्स ग्रुपबीच सम्झौता भएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रीराम कृष्ण खतिवडाले जानकारी दिनुभयो ।
काठमाण्डौको कमलादीमा निर्माणाधीन स्काई वाक टावर ७८ मिटर अग्लो हुने छ । टावरमा योगा स्थल, रेस्टुरेन्ट लगायतका मनोरञ्जनात्मक क्रियाकलापका संरचना तयार हुनेछन् । देशकै अग्लो टावरबाट काठमाण्डौ उपत्यकाको दृश्यावलोकन गर्न सकिने छ ।
भेडेटारमा बन्ने टावर प्रदेश १ को लगानी प्राधिकरण र परियोजनाबीचको सम्झौताअनुसार निजी साझेदारी अवधारणामा निर्माण हुने छ । बैंकले दुवै परियोजना निर्माणका लागि ६७ करोड ५० लाख रुपैयाँ बराबरको कर्जा सीमा स्वीकृत गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।