दाङमा खाेलाले बगाउँदा आमा छाेराकाे ज्यान गयाे

 साउन २५, २०७८ सोमबार १९:२७:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

दाङ – दाङमा खोलाले बगाउँदा आमा–छोराको ज्यान गएको छ । आज साेमवार दिउँसो तुलसीपुरको ग्वार खोलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका ४ सिम्लेनीकी ३५ वर्षीया अमृता घर्ती र उहाँकाे दुई वर्षीय छाेरा रुद्र घर्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

सिम्लेनीबाट पतेनी जाँदै गर्दा ग्वार खोलाको पतेनी घाट खोला तर्ने क्रममा खोलाले बगाएर आमा–छोराको ज्यान गएको दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) मुकुन्द रिजालले जानकारी दिनुभयो ।

आमा–छाेराकाे शव बगाएको ठाउँबाट दुई किलोमिटर तल भेटिएको प्रहरीले जानकारी दिएको छ ।  

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया