च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ - आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवर्द्धित अशोक लेलैण्डले तनहुँ डुम्रेकाे सिजन युवा क्लब साथै शान्तिआमा समूहलाई दोस्त मोडलमा निर्मित सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण गरेकाे छ।
आइएमई मोटर्स प्रालिको तर्फबाट कर्पाेरेट सेल्स हेड सुशिल राणा थापाले एम्बुलेन्सको साँचो तनहुँ जिल्ला उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष मानकाजी श्रेष्ठका साथै क्लबका अन्य सदस्यहरुलाई एम्बुलेन्स गर्नुभएकाे हाे ।
श्रेष्ठले डुम्रेमा सुविधायुक्त एम्बुलेन्स गैर–नाफामुलक संस्थाद्वारा खरिद गर्न पाउँदा खुसी लागेको बताउनु भयो । अरु एम्बुलेन्स भन्दा दोस्त एम्बुलेन्स धेरै ठुलो र फराकिलो रहेको हुँदा बिरामी साथै बिरामीका सदस्य र डाक्टर बस्न मिल्ने व्यवस्था गरिएको हुँदा टाढा अस्पताल पुग्नुपर्दा सजिलै लिएर जान सकिने उहाँले बताउनु भयाे ।
आपत्कालीन स्वाथ्यसेवाको पहुँचलाई सहज बनाउन संस्थाद्वारा खरिद गरेको उहाँले बताउनु भयाे ।
आइएमई मोटर्सले दोस्त एम्बुलेन्स साथै एडभान्स लाइफ सपोर्ट एम्बुलेन्सहरु कर्पाेरेट सेल्सको माध्यमबाट बिक्रीवितरण गर्दै आएको छ । गएकाे वैशाख महिनामा आइएमई मोटर्सद्वारा पाँच ओटा एडभान्स लाइफ सपोर्ट एम्बुलेन्सहरु भारतीय राजदूतावासलाई पनि हस्तान्तरण गरिएको थियो ।
आइएमई मोटर्सले एम्बुलेन्ससहित विशेष सुविधायुक्त दमकल, मोर्टर्युरी भ्यान, ट्रक टिपर, स्कुल बससहित साना तथा ठूला कमर्सियल गाडीहरु बिक्रीवितरण गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।