च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ - अर्थमन्त्री जनार्दन शर्माले आज ‘अर्थतन्त्रको यथार्थ पत्र’ ल्याउने हुनु भएको छ ।
अर्थमन्त्री शर्माले आज देशको आर्थिक स्थितिबारे जानकारी गराउन प्रतिनिधि सभामा यथार्थ पत्र सार्वजनिक गर्ने उहाँको सचिवालयले जनाएको छ ।
अर्थमन्त्री शर्माले हिजो नै प्रधानमन्त्री शेरबहादुर देउवालाई यथार्थ पत्रको विषयमा जानकारी गराउनु भएको थियो ।
सामान्यतः नयाँ सरकार आउँदा सरकारले वा कुनै मन्त्रीले वर्तमान स्थितिका विषयमा जानकारी दिन श्वेतपत्र सार्वजनिक गर्ने चलन छ ।
त्यही अनुसार अर्थमन्त्रीले यथार्थ पत्रका रूपमा श्वेतपत्र सार्वजनिक गर्ने तयारी गर्नु भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।