चितुवाको छालासहित पाल्पामा दुई जना पक्राउ

 साउन २६, २०७८ मंगलबार १९:५८:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

पाल्पा – पाल्पामा चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् । रिब्दीकोट गाउँपालिका ५ कुसुम खोला देउरालीबाट बाघको छालासहित रिब्दीकोट ७ का ४२ वर्षीय विष्णुबहादुर  खत्री र ४० वर्षीय रविल मियाँ पक्राउ परेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।  

मुझुङ बतासेबाट तानसेन जाँदै गरेको लु ३७ प ४४४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई बाघको छालासहित पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको  अनुसन्धान ब्युरो र हार्थोक प्रहरी चौकीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

झोलाभित्र गम्छामा बेरेको अवस्थामा बाघको मुखदेखि पुच्छरसम्मको लम्बाइ ६ फिट ४ इन्च, छातीको भागको चौडाइ २ फिट १ इन्च भएको छाला बरामद गरी थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय पठाएको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: पुस २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया