श्रीलङ्काका पूर्वकप्तान दिनेश चन्डिमलले भैरहवाबाट ईपीएल खेल्ने

 साउन २८, २०७८ बिहीबार १७:५५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – श्रीलङ्काका खेलाडी तथा पूर्वकप्तान दिनेश चण्डीमलले भैरहवा ग्लाडियटर्सबाट एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट खेल्ने भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रमुख प्रशिक्षक पुबुदु दासानायकेलाई  प्रशिक्षकमा नियुक्त गरेको भैरहवाले श्रीलङ्काका ब्याट्सम्यान तथा विकेटकिपर दिनेश चण्डीमललाई अनुबन्ध गरेको हो ।

चण्डीमल श्रीलङ्काको टी–ट्वान्टी टोलीको कप्तानी गर्ने सर्वाधिक कम उमेरका खेलाडी हुन् । सन् २०१३ मा चण्डीमलले बङ्गलादेशसँग २३ वर्ष एक सय ३३ दिनको उमेरमा कप्तानी गर्दै श्रीलङ्काबाट टी–ट्वान्टीमा नेतृत्व गर्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका थिए ।

सन् २०१४ मा श्रीलङ्काले विश्व कप जित्दा पनि उनी टोलीका सदस्य थिए  ।

भैरहवामा यसअघि झैँ शरद भेषवाकर, प्रदीप ऐरी, मोहम्मद आरिफ शेख, कृष्ण कार्की, भुवन कार्की, दीपेश श्रेष्ठ, रोहितकुमार पौडेल, हरिशंकर झा, अभिनाश बोहरा, कुशल मल्ल, विकास आग्री र हिमान्शुदत्त स्वदेशी खेलाडीका रूपमा निरन्तर रहेका छन् ।

ईपीएल असोज ९ गतेदेखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुँदैछ ।  

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया