अशरफ घानीले अफगानिस्तान छाडे : स्राेत

 साउन ३१, २०७८ आइतबार १९:५२:२२ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छाड्नुभएकाे सिन्ह्वाले जनाएकाे छ । अफगानिस्तानका स्थानीय न्युज एजेन्सीलाई उद्धृत गर्दै राष्ट्रपति घानीले अफगानिस्तान छाड्नुभएकाे सिन्हाले जनाएकाे हाे । 

टाेलाे न्युजका अनुसार अशरफ घानी र उहाँका सहयाेगीले पनि अफगानिस्तान छाडेका छन् । यसअघि कार्यवाहक रक्षा मन्त्री बिस्मिल्लाह माेहम्मदीले राष्ट्रपति घानीले देशकाे सङ्कट सुल्झ्याउने अधिकार राजनीतिक नेताहरूलाई सुम्पिएकाे बताउनुभएकाे खबरमा उल्लेख छ । 

घानी अफगानिस्तानबाट ताजकिस्तान पुग्नुभएकाे समाचार संस्था राेयटर्सले जनाएकाे छ । 

तालिबान विद्राेही समूह राजधानी काबुलकाे बाहिरी क्षेत्रमा पुगेपछि राष्ट्रपति घानीसँगै उपराष्ट्रपति अमरुल्ला सालेहले पनि अफगानिस्तान छाडेकाे बीबीसीमा उल्लेख छ । 

तालिबानले अफगानिस्तानका मुख्य सहरहरू १० दिनमै नियन्त्रणमा लिएपछि पदबाट राजीनामा दिन घानीमाथि दबाब बढेकाे थियाे । 

यसअघि त्यहाँको गृह मन्त्रालयले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न वार्ता भइरहेको पनि खबरहरू सार्वजनिक भएका थिए । 

केही हप्तादेखि अफगानिस्तानका अन्य भागमा हिंसा फैलिँदा भागेका हजारौँ अफगानहरूले राजधानी काबुलमा शरण लिइराखेका छन् । 

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया