घरेलु फुटबलबाट पनि अनुको सन्न्यास घोषणा
माघ १७, २०८१ बिहिबार
काठमाण्डाै – जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादको नयाँ मोडल खोज्नुपर्ने आवश्यकता रहेको बताउनुभएकाे छ ।
आज बिहीवार समाजवादी केन्द्र नेपालले आयोजना गरेको ‘एक्काइसाैँ शताब्दीको मार्क्सवाद र समाजवाद’ विषयक अन्तरक्रियामा नेता भट्टराईले नयाँ समाजवादकाे नयाँ माेडल खाेज्नुपर्ने बताउनुभएकाे हाे ।
नेताहरूले पुराना पार्टीको चुनाव चिह्न छोड्न गाह्रो मानेको भन्दै उहाँले क्षणिक पार्टीगत र चुनावी स्वार्थभन्दा माथि उठेर समाजवादी केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेता भट्टराईले भन्नुभयो, ‘फेरि नयाँ समाजवादको एउटा मोडल खोज्नेतिर देश गइरहेको छ । त्यो अबको आवश्यकता हो । वस्तुगत रूपमा त हो नै विषयगत रूपमा हामी हिच्किचाइरहेका छौँ । चुनाव चिह्न छोड्न हामीलाई गाह्रो । भोट नागरिकले त्यसैमा हाल्छ । त्यो छोड्यौँ भने भोट आउँदैन कि भन्ने डर छ हामीलाई । त्यसैले यसमा जुन अल्झिराखेका छौँ अब आँट गर्नैपर्छ ।’
उहाँले चुनावी स्वार्थभन्दा माथि उठेर विश्व मानव जाति र देशका नागरिककाे हितलाई केन्द्रमा राखेर समाजवादको नयाँ नीति तथा कार्यक्रम बनाउनुपर्नेमा जोड दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।