घरेलु फुटबलबाट पनि अनुको सन्न्यास घोषणा
माघ १७, २०८१ बिहिबार
काठमाण्डाै – सरकारले प्रभुराम शर्मालाई महारथीमा बढुवा गरेर प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको छ ।
आज बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले बलाधिकृत रथी शर्मालाई महारथीमा बढुवा गरेर प्रधानसेनापतिमा बढुवा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेकाे कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
यसअघि गएको साउन १७ गते बलाधिकृत रथी प्रभुराम शर्मा कायममुकायम प्रधानसेनापतिमा नियुक्त हुनुभएको थियो । नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि भदौ २५ गते सकिने भएपछि उहाँ साउन २५ गतेदेखि घर बिदामा बस्नुभएको छ ।
साउन २६ गते प्रधानसेनापति थापाले कायममुकायम प्रधानसेनापति बलाधिकृत रथी प्रभुराम शर्मालाई नेतृत्व हस्तान्तरण गरिसक्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।