च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
नवलपरासी - नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको हुप्सेकोट गाउँपालिकामा पहिरोमा बेपत्ता तीन जनाको आज बिहानैदेखि खोजी थालिएको छ ।
बेपत्ता भएका तीन जनाको हिजोदेखि नै सुरक्षाकर्मीको टोलीले खोजी थालेको थियो । हुप्सेकोट गाउँपालिका–४ का हर्कबहादुर पुलामीकी श्रीमती धनमाया पुलामी, नातिनीहरू भूमिसार पुलामी र देउमाया पुलामीको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख एसपी प्रकाश मल्लले शुक्रवार दिनभरि सुरक्षाकर्मी र स्थानीयले खोजी गरे पनि पहिरोमा पुरिएर बेपत्ता भएकाहरु फेला नपरेको बताउनुभयो । खोजी कार्यका लागि अहिले सात जना सुरक्षाकर्मीको टोली घटनास्थलमा रहेको प्रमुख मल्लले बताउनुभयो ।
पहिरोमा परि बेपत्ताको खोजीका लागि थप प्रहरी परिचालन गर्न लागिएको उहाँले बताउनुभयो । आज दिउँसो थप ५० जना सुरक्षाकर्मीको टोली पहिरोमा पुरिएकाको खोजीका लागि पठाउने तयारी गरिएको मल्लले बताउनुभयो।
बिहीवार राति अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर हुप्सेकोट गाउँपालिका-४ माथिल्लो चार घरेका एकै परिवारका तीन जना बेपत्ता भएका थिए । हस्तबहादुरको भने स्थानीयले उद्धार गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ ।