कुश्माको 'द क्लिफ' मा विश्वकै लामो र अग्लो 'मेगाट्रोल' सञ्चालनम...
पुस २४, २०८१ बुधबार
काठमाण्डाै – भारतको उत्तर प्रदेशमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । डाक्टरहरुले यसलाई रहस्यमय भाइरलको नाम दिएका छन् ।
उत्तर प्रदेशका केही जिल्लाका नागरिकमा उच्च ज्वरो आउने, जोर्नी दुख्ने, टाउको दुख्ने तथा डिहाइड्रेशनको समस्या देखिने क्रम बढेको छ । पछिल्लो एक हप्तामा यस्तो समस्या देखिने ५० जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा धेरैजसो बालबालिका रहेका छन् ।
ज्यान गुमाएकाहरुमा कोराेनाको संक्रमण नभएको पनि भारतीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । बिरामी बढ्दै गएपछि उत्तर प्रदेशका अस्पतालमा बेडको अभाव हुन थालेको छ । एउटै बेडमा दुई, तीन जना बिरामी राखेर उपचार गर्न थालिएको छ । भाइरल ज्वरोका बिरामीलाई निको हुन पनि १० देखि १२ दिन लाग्ने गरेको डाक्टरहरुले बताएका छन् ।
बिरामी बढ्दै गएपछि ग्रामीण क्षेत्रमा डाक्टरसहितको टोली परिचालन गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।